मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अरुणमा सामूहिक कला प्रदर्शनी शुरु

काठमाडौँ– लाजिम्पाटस्थित अरुण आर्ट ग्यालरीमा सामूहिक कला प्रदर्शनी शुरु भएको छ । ग्यालरीको १२औँ वार्षिक उत्सवको अवसरमा बुधबारदेखि कला प्रदर्शनी थालनी गरिएको हो ।

प्रदर्शनीको उद्घाटन प्रसिद्ध कलाकार हरिप्रसाद शर्माले गरेका हुन् । उनले अरुण आर्ट ग्यालेरीको भूमिका र कला क्षेत्रमा यसको महत्व रहेको धारणा व्यक्त गरे ।

प्रदर्शनीमा सहभागी प्रा.डा. विष्णुप्रसाद शर्माले पनि आर्ट ग्यालरीले नेपालमा खेलेको भूमिकाको प्रकाश पारेका थिए ।

कार्यक्रममा ग्यालरीका अध्यक्ष रीता खनालले ग्यालरीका आगामी कार्यकालको बारेमा चर्चा गरिन् ।

ग्यालरीका निर्देशक रमेश खनालले सहभागी सम्पुर्ण कलाकारलाई बधाई तथा शुभकामना व्यक्त गरे । कलाकार शर्माले शगुन भण्डारीलाई ‘अरुपण उत्कृष्ट कलाकार २०८०’का लागि स्वर्ण पदक वितरण समेत गरे ।

प्रदर्शनीमा सगुन भण्डारी, सुन्दरमाला बैठ, शशी राउत, सन्जु प्रधान, राम थापा लगायतका कलाकारहरुको सहभागिता थियो ।
प्रदर्शनी वैशाख १४ गतेसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?