मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्को ईदमा सलमान खानको ‘सिकन्दर’ रिलिज हुने

काठमाडौं- बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकन्दर’ घोषणा गरेका छन् ।

यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘होलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नादियावाला हुनेछन् ।

बिहीबार ईदको विशेष अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् र अर्को ईद आउनुहोस् र ‘सिकन्दर’ लाई भेट्नुहोस्… सबैलाई ईदको शुभकामना ।’

मुरुगादास र सलमानले यसअघि फिल्म ‘जय हो’ मा सँगै काम गरिसकेका छन् ।

सलमानको पछिल्लो फिल्म टाइगर-३ २०२३ मा रिलिज भएको थियो । उनको २०२४ मा किक-२ रिलिज हुने बताइएको छ भने २०२५ मा टाइगर भर्सेज पठान पनि आउदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?