मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विशाल भण्डारी स्वीकारे गल्ती, भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौ’

काठमाडौँ – दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको ‘कमेडी च्याम्पियन सिजन ३’को नयाँ भाग आजबाट प्रसारणमा आउने भएको छ ।

च्याम्पियनका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नयाँ भाग प्रसारणको जानकारी दिएका हुन् ।

‘जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो’, उनले अगाडि भनेका छन्, ‘दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्‍यौ । ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको थियो । आजबाट प्रसारणलाई निरन्तरता दिँदै छौ ।’ दुर्घटनाले आफूलाई धेरै कुरो सिकाएको भन्दै आगामी दिन झन् सजकताका साथ अगाडि बढ्ने उनले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कमेडियन सुशान्त बस्यालकाे स्वास्थ्यमा सुधार समेत भएको जानकारी दिएका भण्डारी भन्छन्, ‘मापसे सेवन गरेर सवारी नचलाउनुस् ।’

मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?