मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षाको समयमा सौन्दर्य जोगाउन यस्तो उपाय अपनाउनुहोस् 

सरसफाइमा ध्यान :
वर्षाको मौसममा  तपाईँको हात, अनुहार र खुट्टाको सफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुई पटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् ।

मोश्चराइजेशन गर्नुः
वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा रुझ्दा छाला ड्राइ भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल फ्रि मोश्चराइजर लगाउनुहोस् ।

टोनिङ गर्नुः
वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने सम्भावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्न सक्नुहुनेछ ।

ड्राइ रहनु 
वर्षामा हामी ओसिलो हुन्छौँ । यस्तोमा इन्फेक्सनको खतरा हुन्छ । सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउनु होस् ।

घामबाट बच्नु 
पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परि सकेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्क्रिन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई  सुरक्षित राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?