मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

बागलुङ – जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ ।

गाउँपालिकाले छ वटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो । गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । 

दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् । 

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन् ।

गाउँपालिकाले दिएको तालिमले आफूहरूको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताइन् । बिहान बेलुका घरको काम धन्दा गर्ने र दिउँसो कपडा बुन्ने उनले बताइन् ।

उनले भनिन, “एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौँ, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ, सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौँ ।” 

वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ । वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ ।

वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?