मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी गर्ने गर्मी याममा छालाको हेरचाह ?

छाला ओसिलो राख्नुस् 
गर्मी याममा छाला लाई ओसिलो (हाइड्रेटेड) राख्नु धेरै महत्त्वपूर्ण हुन्छ । सुत्ने समय छाला सफा गरेर राम्रो सँग हाइड्रेटिंग मास्क लगाउनुपर्छ । यति मात्र नभइ दिनभरि अनुहारमा पानी छर्की राख्नु पर्छ र नियमित रूपमा फेसियल मिस्ट ले छाला लाई ताजा राख्नु पर्छ ।

अनुहार सफासँग धुनुहोस्  
गर्मी मौसममा तैलीय छालाले बढी मात्रा मा तेल उत्पादन गर्छ । यस बाट जोगिन छालाको अनुकूल हुने फेसवाश प्रयोग गर्नु पर्छ । फेसवासले छालालाई सफा गरेर धुलो र फोहोर हटाउँछ । सुक्खा छाला भएका हरूले तिनीहरू लाई हल्का, अल्कोहल मुक्त र पिएच सन्तुलित क्लिन्जर प्रयोग गर्नुपर्छ ।

मोइस्चराइजर उपयोग 
गर्मीमा छाला जोगाउन मोइस्चराइजर धेरै महत्त्वपूर्ण हुने भएकोले छालाको प्रकृति अनुसार नन–ग्रीसी फर्मुला भएको मोइस्चराइजर रोज्न सकिन्छ । हल्का र जेल आधारित मोइस्चराइजर उपयोग गर्नु राम्रो हुन्छ । नुहाए पछि मोस्चराइजर उपयोग गर्नु पर्छ ।

पानी र फलफूलको रस उपयोग गर्नुहोस् 
गर्मी याममा आम व्यक्तिले दिनहुँ सरदर ३ लिटर पानी पिउनु उपयुक्त हुन्छ । उसो आफूलाई आवश्यक भए अनुसार पानी खाएर शरीरलाई हाइड्र्रेटेड राख्न सकिन्छ । पानीले अतिरिक्त हाइड्रेटेड रहन नरिवलको पानी, तरबुजो लगायत फलफूलको ताजा रस समेत लाभदायक हुन्छ । यस्तै दही र मही समेत यो मौसममा उपयोगी नै हुन्छ ।

सन स्क्रिन को उपयोग
पराबैंजनी–ए र पराबैंजनी–बी किरणहरूले छालालाई हानी गर्छ । यसले छालालाई डढाएर कालो खैरो बनाउनु को साथै उमेर न पुग्दै चाउरी पना समेत निम्त्याउँछ । यस्तो अवस्थामा एसपीएफ ३०–५० भएको तेल रहित सन स्क्रिन को उपयोग गर्नु पर्छ ।

यसले छालालाई घामबाट हुने क्षतिबाट जोगाउनु को साथै छालाको छिद्रहरू बन्द हुनबाट समेत रोक्छ । घर भित्र बस्दा समेत सन स्क्रिन लगाउनु उपयोगी हुन्छ । यस्तै पौडी खेल्दा समेत छालामा सन स्क्रिन लगाउनु आवश्यक हुन्छ ।

छालाको राम्रो हेरचाह 
गर्मी मात्र नभएर सबै मौसममा छालाको राम्ररी हेरचाह गर्नु पर्छ । सामान्यतया दिनमा एक या दुई पटक क्लिन्जिङ, टोनिङ र मोइस्चराइजिङ गर्दा छाला गर्मीमा समेत सफा र ताजा देखिन्छ ।

तैलीय छाला भएकाहरूले पानीमा आधारित उत्पादनहरू र सुक्खा छाला भएकाहरूले जेलमा आधारित उत्पादनहरू छनौट गर्नुपर्छ । क्रिम आधारित उत्पादनहरू उपयोग गर्नु हुँदैन । क्रिम आधारित उत्पादन हल्का हुँदैनन् र छाला लाई चिप्लोचाप्लो बनाउँछ ।

एक्सफोलिएट गर्नुहोस् 
गर्मी याममा छालालाई राम्ररी सफा गर्नु आवश्यक हुन्छ । छालामा रहेको प्वालहरूलाई मृत छाला कोशिकाहरूले बन्द गर्छ । छाला लाई एक्सफोलिएशन गरेर मृत छाला कोशिका लाई हटाउन सकिन्छ ।

यो मौसममा छालाको अतिरिक्त फोहोर र तेल हटाउन सातामा दुई पटक फेस स्क्रब प्रयोग गर्नु पर्छ । छालाको प्रकार अनुसार स्क्रब उपयोग गर्नु पर्छ । यसलाई गोलाकार गतिमा बिस्तारै स्क्रब गर्नु पर्छ । अनुहार सँगै ओठ, घाटी मा पनि स्क्रब गर्नु आवश्यक हुन्छ ।

दुई पटक नुहाउनुहोस् 
काठमाडौँ वा पहाडी इलाकामा गर्मी याममा एक पटक नुहाउनु पर्याप्त भए पनि तराइ मधेसको अचाक्ली गर्मीमा आफ्नो शारीरिक अवस्था लाई ख्याल राख्दै दिनहुँ बिहान, साँझ वा राती गरी दुई पटक नुहाउनु उपयुक्त हुन्छ ।

नुहाउँदा शरीर चिसो हुनुको साथै यसमा जम्मा भएको फोहोर र पसिना समेत हट्छ । तर यदि तपाइको छाला सुक्खा छ भने दिनको एक पटक मात्र नुहाउनु उपयुक्त हुन्छ, छाला सुक्खा नहुने हरू दुई पटक नुहाए पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?