मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मी मौसममा कसरी फिट रहने ?

गर्मी बढेसँगै हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छीपना, आलस्यता तथा ऊर्जाको कमी जस्ता लक्षणहरू देखिने गर्दछ । त्यसै कारण, हामीले सावधानी अपनाउनु पर्दछ ।

गर्मी मौसममा हामी कसरी फिट रहने भन्ने सोचमा हुन्छौँ । हामीले गर्ने हरेक क्रियाकलापबाट हाम्रो शरीर फुर्तिलो बनाइराख्न सक्छौँ, आलस्यतालाई हटाउन सक्छौँ ।

गर्मी मौसममा हामीले  खानपिनको तालमेल मिलाउन सकियो भने, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी बन्न सक्छौँ । 

–मौसम शुरु भए पछि ताजा खाना खानुपर्छ र व्यायाम पनि नियमित रूपमा गरिरहनु पर्दछ । 

–गर्मीमा पकाएको भोजन तुरुन्त नै खानुपर्छ । गर्मी मौसममा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ ।

– बिहान उठेपछि एक गिलास मन तातो पानीमा कागती र एक चम्चा मह मिसाएर खानु पर्दछ । यसले तपाइको शरीरलाई दिनभरि फुर्तिलो बनाइ राख्दछ । 

–धेरै लामो समय सम्म खाली पोट बस्नु हुँदैन किन भने  पोषक तत्त्वको कमी हुन पुग्दछ । गर्मी याममा चिया कफी कमै सेवन गर्नुपर्छ । खाना खानु भन्दा अगाडि वा दिउसोको समयमा आइस, जुस, दही, लस्सी, सात, कागती पानी, वेल सर्बत ,नरिवल पानी उखुको जुस पिउनु उपयुक्त हुन्छ । 

–गर्मी मौसम शुरु भएपछि आफ्नो घरमा जीवनजल, पुदिना, ग्लुकोज जस्ता कुरा राख्नुपर्छ । मिठाइ खान मन लाग्यो भने गुलियो फलफूल खानु पर्दछ । यसले तपाइको मिठाइको स्वाद दिन्छ साथै मोटोपन बढाउन दिँदैन ।

–घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुँदैन । जङ्ग फुड बाट सावधान रहनुपर्दछ । गर्मी याममा सब्जी खादा क्यालोरी कम वा पानीको मात्रा धेरै भएको  पचाउन सहज हुने खानु उपयुक्त हुन्छ ।

–गर्मीमा हामीलाई राम्रो लुगा लगाएर हिँड्न मन पर्छ त्यसका लागि हाम्रो शरीर फिट र स्मार्ट हुनु पर्दछ । यसका लागि बिहान सबेरै उठेर योगा वा एक्सरसाइज गर्नु र साँझपख हिँड्नु राम्रो हुन्छ  । 

–बिहान ५, ६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५, २० मिनेटको हिंडाई पनि राम्रो हुन्छ । 

–गर्मीमा दैनिक रूपमा तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यास गर्नु भन्दा पहिला र पछि पानी वा तरल पदार्थ पिउनु पर्छ । खाना खाइसकेपछि सुप वा फलफूल खानुपर्छ यसले खानालाई ब्यालेन्समा राख्ने गर्दछ । खानामा मसला प्रयोग कमै मात्रामा गर्नुपर्दछ । 

–डब्बामा बनाइने अचार भन्दा ताजा बनाएर खानु उपयुक्त हुन्छ । साथै डब्बामा राखेको जुसबाट पनि जोगिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?