काठमाडौँ – आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
इस्लाम धर्मावलम्बीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि ‘इद उल फित्र’ बिहीबार मनाउने भए पछि आज सार्वजनिक बिदा दिइएको हो ।
गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।
इदको दिनमा नमाज पूरा गरे पछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया