मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा मेवाको सेवन गर्नुहोस्, मिल्छन् यति धेरै फाइदा

खराब खानपान तथा चिल्लो धेरै खाँदा कब्जियतको समस्या हुन थाल्छ । कब्जियतको कारणले दिसा समयमा नलाग्ने र पेट दुख्ने पनि हुने गर्छ । कब्जियत भगाउनका लागि तपाईँ यदि औषधीको सेवन गर्न चाहनुहुन्न भने घरेलु उपाय गर्न सक्नुहुन्छ । 

यस्तो छ घरेलु उपाय:

पेट सफा गर्नको लागी मेवा खानुहोस् । प्रशस्त मात्रामा मेवाको सेवन गरेमा तपाईँलाई कब्जियतले भएको समस्या तुरुन्तै निको हुनेछ ।

मेवामा भिटामिन ए, फोलेट, फाइबर, कपर र पोटासियम जस्ता पोषक तत्त्वहरू पाइन्छन् जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छन् । मेवा पेटका लागि फाइदाजनक हुन्छ । यसमा पेपैन र हाइपोपेपैन जस्ता पोषक तत्त्वहरू पाइन्छन् जसले अपच, ग्यास र कब्जियत जस्ता समस्याबाट राहत दिन्छ । 

मेवामा भएको एन्टीअक्सीडेन्ट गुण मुटुका लागि पनि राम्रो मानिन्छ । साथमा यसलाई खाँदा शरीरको रक्तसञ्चार प्रक्रिया पनि राम्रो हुन्छ । यदि शरीर सुन्निने समस्या भएमा पनि मेवाको सेवन गर्न सकिन्छ ।

यसको एन्टीइन्फ्लामेटरी गुणले सुन्निएको कम गर्छ । यदि तौल कम गर्न लागिरहनु भएको छ भने पनि मेवाको सेवन फाइदाजनक मानिन्छ । यसले तपाईँको पेट लामो समय भरेर राख्नेछ जसले गर्दा तपाईँ अन्य धेरै खानेकुरा खानबाट बच्नुहुन्छ ।

यदि तपाईँलाई मेवासँग कुनै प्रकारको समस्या वा एलर्जी छ भने मेवा खानुअघि डाक्टरको सल्लाह लिनु पर्दछ । अन्यथा यो फल शरीर तथा विशेष गरी पेटका लागि एकदमै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?