मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वायु प्रदुषणका कारण हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने? यस्ता छन् डाक्टरका सुझाव

काठमाडौँ– पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा व्यापक रुपमा वायु प्रदुषण बढिरहेको छ । विश्वमा वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरका अनुसार बुधवार पनि काठमाडौँ बढी वायु प्रदूषण भएको शहरको सूचीमा पहिलो नम्वरमा परेको छ । 

यो समाचार तयार पार्दासम्म राजधानी काठमाडौँको एयर क्वालिटी इन्डेक्स २६५ रहेको छ । जुन मानवस्वास्थ्यका लागि अति अस्वस्थकर मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई १५० भन्दा माथि भएको वायुलाई मानवसस्थ्यका लागि ‘अस्वस्थ’ मान्ने गर्दछ । काठमाडौँको वायु प्रदुषण बढ्नुको मुख्य कारणमा डढेलो, धुलाम्मे सडक तथा सवारी साधनवाट निस्कने धुलो र खाना पकाउने उर्जाका परम्पराग स्रोत लगायतलाई मानिएको छ ।

मौसम विभागले काठमाडौँमा अझै केही दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केही दिन पूर्ण रुपमा हट्ने सम्भावना नरहेको जनाएको छ ।

वायु प्रदुषणका कारण आखा पोल्ने तथा श्वासप्रश्वास सम्वन्धी समस्याका सथै छालाको रोग र क्यान्सर, हृदयाघात र मस्तिष्कघातजस्ता समस्या देखि नसक्ने  कन्सल्टेन्ट जनरल प्राक्टिसनर डा. पुष्प मणि खरालले जोय नेपाललाई बताए ।

वायुमा रहेका कपालभन्दा पनि मसिना कणहरु मानव रक्तसञ्चार प्रणालीमार्फत मुटुमा पुगेर हृदयघात हुने सम्भावना अधिक रहने पनि उनको भनाइ छ । यस्तै यस्ता मसिना धूलो धुवाँका कणहरु रगतको माध्यमबाट नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात एन्जाइटी , डिप्रेसनसँगै अल्सर र प्यारालाइसिस हुने सम्भावना पनि अधिक रहने भएको शतर्क रहन उनको सुझाव छ ।

कसरी बच्ने वायु प्रदुषणबाट?

कन्सल्टेन्ट जनरल प्राक्टिसनर डा. पुष्पमणि खरालले जोय नेपालसँग कुराकानी गर्दै वायु प्रदुषणवाट बच्न यस्ता उपाय अपनाउनुपर्ने सुझाव दिन्छन्:

–   इन्धनको रुपमा प्रयोग गरिदैँ आएको दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युत शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने ।

–   प्लाष्टिक तथा धुँवाजन्य पदार्थहरु नजलाउने र व्यवस्थित सहरीकरणको विकास गर्ने ।

–   पुराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँचमा कडाई गर्ने ।

–   बिजुलीवाट चल्ने सवारी साधनमा जोड दिने ।

–    व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अपनाउने ।

–    वायु प्रदुषण बढी हुने समयमा सकेसम्म घरबाहिर ननिस्कने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?