मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बायोपिक फिल्म बनिरहेका बेला सर्लाहीका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा

जोयनेपाल
221
Shares
तस्वीर: सामाजिक सञ्जाल ।

काठमाडौँ– बायोपिक फिल्म ‘मेयर’ निर्माणका क्रममा रहेका बेला सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरत कुमार थापामाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । यो फिल्म मेयर उनकै जीवन सङ्घर्षमाथि आधारित रहेको भनिएको छ ।

थापाको जीवनीमा आधारित रहेर दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘मेयर’ को उनकै जिल्लामा छायांकन भइरहेका बेला अख्तियार दरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको भन्दै बुधवार मुद्दा हालेको हो ।

अख्तियारले २०७४ असोजदेखि २०७९ माघसम्ममा ५ करोडभन्दा बढी मेयर थापाले अवैध रुपमा आम्दानी गरेको दाबी गरेको छ । अख्तियारको दाबी अनुसार थापाले अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती, भाइ र बुहारीका नाममा राखेको देखिएको छ ।

उनको जीवन सङ्घर्षमाथि आधारित रहेर फिल्म निर्माण भइरहेको थियो । भरत कुमार थापाको भूमिकामा कलाकार खगेन्द्र लामिछानेले अभिनय गरिरहेका छन् । उनले फिल्मका लागि मेयर भरतकुमार थापालाई भेटेर उनको आनीबानी र हाउभाउबारे अध्ययन गरेका थिए ।

केही समयअघि झण्डै एघार हजार दर्शकका साथ ‘मेयर’ को छायांकन भइरहेको भन्दै फिल्मको प्रचार गरिएको थियो ।

साथै यो फिल्ममा अभिनेत्री वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको समेत अभिनय रहनेछ ।

यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयम् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?