मुम्बई– बलिउड अभिनेत्री मनिषा कोइरालाले लोकप्रिय निर्देशक सञ्जय लीला भन्सालीसँग २८ वर्षपछि काम गरेकी छिन् ।
वेब सिरिज ‘हिरामण्डी: डायमण्ड बजार’ मा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, शर्मिन सहगल, ऋचा चड्डा लगायतका कलाकारको अभिनय छ ।
मनिषाले यसअघि सञ्जय लीला भन्सालीसँग सन् १९९६ मा फिल्म ‘खामोसी: द म्युजिकल’ मा काम गरेकी थिइन् । यो फिल्मबाट भन्सालीले निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्ममा सलमान खान र नाना पाटेकरको समेत अभिनय देख्न सकिन्छ ।
मनिषाले भन्सालीसँग काम गर्न २८ वर्षसम्म प्रतीक्षा गरेको बताएकी छिन् । साथै उनले भन्सालीसँग काम गर्न सम्मानको कुरा भएको पनि बताएकी छिन् । हालै ट्रेलर सार्वजनिक गरिएको ‘हिरामण्डी’ राम्रो बनेको पनि उनले बताएकी छिन् ।
यो फिल्म सन् १९४० को दशकको भारतीय स्वतन्त्रता सङ्ग्रामको उथलपुथल वरिपरिको पृष्ठभूमिमा आधारित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया