मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मी मौसममा आफूलाई कसरी फिट राख्ने?

काठमाडौँ– गर्मी बढेसँगै हामीमा पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छिपना, आलस्यता तथा उर्जाको कमी जस्ता लक्षणहरु देखिने गर्छ । त्यसैले  हामीले सावधानी अपनाउनु पर्दछ ।

गर्मी मौसममा हामी कसरी फिट रहने भन्ने सोचमा हुन्छौँ । हामीले गर्ने हरेक क्रियाकलापबाट हाम्रो शरीर फुर्तिलो बनाइराख्न सक्छौं भने आलस्यतालाई हटाउन सक्छौं ।

गर्मी मौसममा हामीले खानपानको तालमेल मिलाउन, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राख्न सकियो भने हामी स्वस्थ र निरोगी बन्न सक्छौँ ।

कसरी राख्ने आफूलाई फिट?

–मौसम शुरु भए पछि ताजा खाना खानुपर्छ र व्याम पनि नियमित रुपमा गरिरहनु पर्छ ।

–गर्मीमा पकाएको भोजन तुरुन्त नै खानुपर्छ । गर्मी मौसममा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ ।

– बिहान उठेपछि एक गिलास मन तातो पानीमा कागती र एक चम्चा मह मिसाएर खानु पर्दछ । यसले तपाइको शरीरलाइ दिनभरी फुर्तिलो बनाइ राख्दछ ।

–धेरै लामो समय सम्म खाली पोट बस्नु हुदैन किन भने  पोषक तत्वको कमी हुन पुग्दछ । गर्मी याममा चिया कफी कमै सेवन गर्नुपर्छ । खाना खानु भन्दा अगाडि वा दिउसोको समयमा आइस, जुस, दही, लस्सी, सातु, कागती पानी, वेल सर्वत ,नरिवल पानी उखुको जुस पिउनु उपयुक्त हुन्छ ।

–गर्मी मौसम शुरु भएपछि आफ्नो घरमा जीवनजल, पुदिना, ग्लुकोजजस्ता कुरा राख्नुपर्छ । मिठाइ खान मन लाग्यो भने गुलियो फलफुल खानुपर्दछ । यसले तपाईँको मिठाइको स्वाद दिन्छ साथै मोटोपन बढाउन दिदैँन ।

–घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुदैँन । जङ्ग फुड बाट सावधान रहनुपर्दछ । गर्मी याममा सब्जी खादा क्यालोरी कम वा पानीको मात्रा धेरै भएको  पचाउन सहज हुने खानु उपयुक्त हुन्छ ।

–गर्मीमा हामीलाई राम्रो लुगा लगाएर हिड्न मन पर्छ त्यसका लागि हाम्रो शरीर फिट र स्मार्ट हुनुपर्दछ । यसका लागि बिहान सबेरैब उठेर योगा वा एक्ससाइज गर्नु र साँझपख हिड्नु राम्रो हुन्छ  ।

–बिहान ५, ६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५, २० मिनेटको हिंडाई पनि राम्रो हुन्छ ।

–गर्मीमा दैनिक रुपमा तीन लीटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यास गर्नु भन्दा पहिला र पछि पानी वा तरल पदार्थ पिउनु पर्छ । खाना खाइसकेपछि सुप वा फलफुल खानुपर्छ यसले खानालाई व्यालेन्समा राख्ने गर्दछ । खानामा मसला प्रयोग कमै मात्रामा गर्नुपर्दछ ।

–डब्बामा बनाइने अचार भन्दा ताजा बनाएर खानु उपयुक्त हुन्छ । साथै डब्बामा राखेको जुसबाट पनि जोगिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?