मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

‘द रेड सुटकेस’ मा विना पारिश्रमिक काम गरेका विपिन कार्की

काठमाडौँ– अभिनेता  विपिन कार्कीले फिल्म ‘द रेड सुटेकस’ मा विना पारिश्रमिक काम गरेको बताएका छन् ।

फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा विपिन कार्कीको समेत अभिनय रहेको छ । विपिनले यो फिल्मको स्किृप्ट आफूलाई मन परेका कारण विना पारिश्रमिक काम गर्न तयार भएको बताए ।

मङ्गलवार राजधानीको सीडीसी मलमा आयोजित ‘द रेड सुटकेस’ को विशेष शोमा बोल्दै उनले यस्ता फिल्ममा काम गर्ने अवसर निकै कम पाइने पनि बताए ।

‘आम चलचित्रभन्दा निकै फरक भएकाले यस्ता चलचित्रका निर्मातालाई प्रोत्साहन गर्नुपर्छ भनेर यो फिल्ममा विना पारिश्रमिक काम गरेँ,’ उनले भने, ‘त्यो समयमा अरु फिल्ममा काम गरेको भए राम्रो पारिश्रमिक पाउँथेँ तर फिल्मको स्किृप्ट नै निकै मन पर्‍यो ।’

साथै उनले यो फिल्मको छायांकनका क्रममा अरु व्यावसायिक फिल्ममा समेत काम नगरेको बताए । आफूले पहिलोपटक भेनिस फिल्म फेस्टिभलमा हेरेको र पुनः नेपालमा हेर्दा पनि फरक अनुभूति भएको उनले बताए ।

नयाँ वर्षको अवसर पारेर यही चैत्र ३० गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको यो सिनेमामा विपिनका अलावा सौगात मल्ल, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

नेपालमा रोजगारका अवसर नहुँदा विदेशिन बाध्य नेपालीको कथालाई मार्मिक तरिकाले फिल्ममा उतारिएको छ ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माा गरेको यो फिल्ममा फिडेल देवकोटा र शोभा थापाको समेत लगानी छ । यस्तै फिल्ममा श्रीलङ्काका विमुक्ति जयसुन्दराको सह–लगानी रहेको छ ।

सुसन प्रजापतिले खिचेको यो फिल्म गत वर्षको सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो । साथै यसले उक्त फेस्टिभलमा दुई अवार्ड समेत जितेको थियो ।

नेपाल बाहिर विभिन्न फेस्टिभलमा पुगेर चर्चा कमाएको यो फिल्मलाई क्युएफएक्स सिनेमाजले कम शो दिएको भन्दै निर्माण टिमले क्युएफएक्स लगायतका हलमा प्रदर्शन नगर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?