मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री

लण्डन– आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ ।

लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामापछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन ।

केही स्वतन्त्र सांसदका साथै उनका गठबन्धन साझेदारहरू फियाना फेल र ग्रीन पार्टीबाट समर्थन प्राप्त गरेपछि ह्यारिसले ८८ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा चयन भएका हुन । उनको बिपक्षमा ६९ जना मात्रै उभिए पछि उनी समर्थक संसद सदस्यहरू हर्षोल्लासमा उत्रिएका थिए ।

३७ वर्षीय पूर्व स्वास्थ्य र उच्च शिक्षा मन्त्री मुख्यतः कोविड महामारीमा आयरल्याण्डको प्रारम्भिक प्रतिक्रियालाई सहयोग पुर्‍याउन मद्दत गर्नका लागि परिचित र लोकप्रिय रहेका छन् । गत महिना वराडकरको राजिनामा पछि फाइन गेल पार्टीको नयाँ नेताको रूपमा निर्विरोध निर्वाचित भएका थिए।

‘म प्रधानमन्त्रीको रूपमा सेवा गर्न यो नामांकन स्वीकार गर्दछु,’ ह्यारिसले भने, ‘तपाइहरूले ममाथि राखेको विश्वासको सम्मान गर्न म सक्दो गर्न प्रतिबद्ध छु,’ प्रधानमन्त्री निर्वाचित भए पछि उनले भने ।

आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने आफ्नो नयाँ सरकारको गठबन्धन साझेदारहरूलाई स्वीकार गर्दै ह्यारिसले भने कि उनी एकता र सहयोग र पारस्परिक सम्मानको भावनामा नेतृत्व गर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?