हिन्दूधर्म ग्रन्थहरुमा भगवानहरुले पुष्पक विमान चढेको प्रसङ्ग सुन्नुभएको होला । रामायणमा पुष्पक विमानको प्रसङ्ग रावणसँग जोडिएर आउने गरेको छ ।
वनवासमा रहेको बेला सीताको हरण गर्न रावणले पुष्पक विमानको प्रयोग गरेका थिए भने उनकी वहिनी सुपर्णखालेसमेत पुष्पक विमानको प्रयोग गरेको कथाहरु पढ्न पाइन्छ । यसकै आधारमा लंकाका राजा रावणसँग धेरैवटा पुष्पक विमानहरु रहेको बुझ्न सकिने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।
त्रेता युगमा समेत विमानहरुको प्रयोग हुने गरेको प्रसङ्गले रोमाञ्चित हुनुभएको छ भने यसबारे धर्मग्रन्थहरुमा उल्लेख गरिएको केही तथ्य यस्ता छन् ।
धर्मग्रन्थहरुका अनुसार रावणसँग पुष्पक विमानका साथसाथै लडाकु विमानसमेत थिए । जसमध्ये एउटा विमानमा सीताको हरण गरिएको थियो र लंका लगिएको थियो । अन्य विमानहरुको प्रयोग रामसँगको युद्धमा प्रयोग भएका थिए ।
पुष्पक विमानको निर्माता विश्वकर्मा थिए । कथाहरुमा यस्तो पनि पाइन्छ कि पुष्पक विमान भगवान ब्रह्मासँग थियो जसलाई ब्रह्माले कुबेरलाई उपहार स्वरुप दिएका थिए । तर रावणले यो विमान कुवेरसँग हडपेर लिएर गए ।
रावणको मृत्युपछि यो पुष्पक विमानमा विभीषणको अधिकार रह्यो र विभीषणले यो विमान कुवेरलाई दिए । कुवेरले यो विमान रामलाई उपहार दिएका थिए । र, लंका जितेपछि राम, सीता, लक्ष्मण र हुनमान यही विमानमा चढेर अयोध्या पुगेका थिए ।
यस्ता थिए पुष्पकविमानका विशेषता
बाल्मीकि रामायणमा गरिएको वर्णन अनुसार यो विमान मयुरकोे आकारको थियो ।
यसको गति निकै तिव्र थियो र चालकको इच्छा अनुसार यसलाई कुनै पनि स्थानमा लैजान सकिन्थ्यो ।
अचम्म लाग्ने कुरा त यसलाई आवश्यकता अनुसार सानो ठूलो बनाउन सकिन्थ्यो ।
यो रातको समयमा पनि उड्न सक्थ्यो ।
सबै ऋतुहरुका अनुसार यो विमानमा सुत्ने, मणिहरुले सजिएको ढोका र सिँढीहरु थिए ।
यो विमानमा गोप्य कक्ष पनि थियो भने नीलमले बनेको सिंहासन पनि थियो ।
यो विमान एक स्थानबाट अर्को स्थानमा मात्र होइन एक ग्रहबाट अर्को ग्रहमा पनि जानसक्ने खालको भएको धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ ।
पुष्पक विमान जसले पायो त्यसले चलाउन सक्दैन थियो त्यसका लागि विमान सञ्चालन सम्बन्धी मन्त्र सिद्ध हुनुपर्ने व्यवस्था थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया