काठमाडौँ – सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित आगामी शृङ्खला ‘हिरामाण्डीः द डायमण्ड’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ ।
ट्रेलरमा यौनकर्मीको जीवनलाई चित्रण गरिएको छ, जहाँ धेरै रहस्य देखिन्छ । यस ट्रेलरमा मनिषा कोइरालाको स्वरमा दमदार संवाद रहेको छ, ‘हिरामण्डीमा बेलायतको होइन मल्लिकाजनको सिक्का चल्छ । त्यसैगरी अदिति राव हैदरीको मुखबाट क्रान्तिको सुन्दा स्वतन्त्रताको लडाइँमा गणिकाको शक्ति र साहसको झलक मिलिरहेको छ ।
सिरिजलाई भन्साली र मिताक्षरा कुमारले निर्देशन गरेका हुन् । भन्साली यो सिरिजमार्फत ओटीटी डेब्यू गर्दैछन् । सिरिजमा सोनाक्षी सिन्हा, मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चड्डा, अध्यायन सुमन, शेखर सुमन, फरदीन खान, सञ्जीदा शेख र तह शाह बदुशाको मुख्य भूमिका छ ।
३ मिनेट ११ सेकेण्डको यो ट्रेलर थ्रिलले भरिपूर्ण छ, जसले दर्शकलाई ‘हिरामाण्डी’ को दुनियाँमा परिचय गराउँदैछ । ‘हीरामण्डी’मा मल्लिकाजन ‘मनिषा कोइराला’ हिरामण्डीमा शासन गर्छिन्। उनी निडर छिन्, बिना डर आफ्नो शासन चलाउँछिन्, तर एक दिन उनको पुरानो शत्रुकी छोरी फरीदान ‘सोनाक्षी सिन्हा’ ‘को आगमनले त्यहाँ तनावको वातावरण सिर्जना हुन थाल्छ।
उनी विद्रोह सुरु गर्छिन् र त्यसपछि शहर बाहिर पनि अराजकता हुन्छ। क्रान्तिकारीहरूले ब्रिटिश शासनबाट भारतको स्वतन्त्रताको माग गरिरहेको ट्रेलरमा देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया