मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ठमेलमा बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

काठमाडौँ – काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ कला प्रदर्शनी गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृत विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र सञ्जयकुमार दासको कला प्रदर्शनी गरिएको हो ।

चौधरीद्वारा बनाइएका बङ्गलादेशका वरिष्ठ मूर्तिकार नोबेरा अहमेदका सन् १९६० मा प्रदर्शनी भएका मूर्तीहरुको फोटोग्राफी उक्त प्रदर्शनीमा राखिएको फाउण्डेशन कला तथा संस्कृत विभाग प्रमुख श्यामसुन्दर यादवले जानकारी दिए ।

प्रदर्शनीमा कलाकार दासको समसाययिक कलाहरु राखिएका छन् । बङ्गलादेशको जनजीवन, कला, संस्कृति, रहनसहनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । यही चैत २५ गतेदेखि सुरु भएको प्रदर्शनी भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विभागले यसअघि विभिन्न देशका कलाकारको कला प्रदर्शन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?