मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डोल्पामा आगो निभाउने क्रममा घाइते भएका तीन नेपाली सेनाको मृत्यु

काठमाडौँ – डोल्पाको ठुलिभेरी नगरपालिका(४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन् । यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो ।

रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?