मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डढेलोले काठमाडौँमा वायु प्रदूषण बढ्यो

काठमाडौँ – काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क ‘एक्यूआई’ दुई सय पुगेको छ ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरको वायूमा परेको बताए । “केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ”, उनले भने । उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए ।

“जानजान वनमा डढेलो लागाउनु भएन, डढेलो लगाउनेलाई कडा रुपमा कारबाही गर्नुपर्छ”, उनले भने, “जथाभावी रुपमा फोहर पनि जलाउनु भएन, मानवीय जनचेतनाका काराण पनि यो समस्या आएको छ । सबै सरोकारवालाको पहलमा अव प्रदूषण नियन्त्रणमा जुट्नुपर्छ ।”

विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ । एक सय एकदेखि एक सय ५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५०सम्मलाई अति खतरा मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । यसप्रकारको विपद् रोक्नका लागि कार्य योजनामा फोहर जलाउने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति २०७६ मा प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति उल्लेख छ । प्रमुख सहर, औँद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?