काठमाडाैँ – कालो किशमिश कपालका लागि फाइदाजनक हुन्छ । दैनिक खाली पेटमा कालो किसमिस खाँदा शरीरका लागि निकै फाइदाजनक हुन्छ । आजकल आधुनिक जीवनशैली र काम गर्ने शैलीका कारण मानिसले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न सकेका छैनन् ।
यदि तपाईंले दैनिक खाली पेटमा भिजाएर कालो किशमिश खानुहुन्छ भने यसले तपाईंको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ । यसले पेटसम्बन्धी गम्भीर रोगहरू पनि निको पार्छ।
कालो किसमिसमा पाइने आइरनले शरीरमा रक्तअल्पता हुनबाट बचाउँछ । यसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ। यसको पानी पनि दिनहुँ पिउन सकिन्छ ।
साथै यसले तपाईलाई धेरै रोगहरुबाट पनि टाढा राख्छ । यदि कुनै व्यक्तिको कपाल उमेर नपुग्दै कालो हुँदै गएको छ भने उसले कालो किशमिश अवश्य खानुपर्छ, यसले कपालसँग सम्बन्धित समस्या मात्र हटाउँदैन बल पनि प्रदान गर्छ ।
कालो किसमिसमा एन्टी ब्याक्टेरियल, एन्टि भाइरल र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मुखको अल्सर र छालासँग सम्बन्धित रोगहरू पनि निको पार्छ, त्यस्ता व्यक्तिहरूले दैनिक खाली पेटमा कालो किशमिश खानुपर्छ।
यदि कसैलाई बारम्बार मुखमा अल्सर हुन्छ भने उसले मुखको स्वास्थ्यका लागि कालो किसमिस खानुपर्छ । पेटसम्बन्धी समस्यामा कालो किशमिश निकै फाइदाजनक हुन्छ । तपाईं यसलाई हरेक बिहान खाली पेटमा खान सक्नुहुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया