काठमाडौँ – ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको टोखामा बिस्का नखः (जात्रा) मनाइने भएको छ ।
नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन बिस्का नखः मनाउन लागिएको हो ।
टोखा नगरपालिका वडा नं २ र ३ को मुख्य आयोजना तथा नेवाः गुथी टोखाको व्यवस्थापनमा उक्त जात्रा मनाउन लागिएको हो । जात्रा मनाउनका लागि वडाले विभिन्न सङ्घसंस्थालाई समेटेर विभिन्न उपसमिति निर्माण गरेको छ ।
जात्रालाई व्यवस्थित र मर्यादित बनाउनका लागि नेवाः गुथीले शान्तिसुरक्षा, स्वयम्सेवक व्यवस्थापन, पार्किङ व्यवस्थापन, यातायात व्यवस्थापन, बाजागाजा व्यवस्थापन, रथजात्रा व्यवस्थापनलगायत उपसमिति गठन गरेको नेवाः गुथी टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए ।
उनले पाँच दिनसम्म मनाइने बिस्का जात्राको लिङ्गो उठाइसकिएको जानकारी दिए । उक्त लिङ्गो जात्रा सकिएपछि वैशाख ५ गते ढालिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया