काठमाडौँ – निश्चल बस्नेत र स्वस्तिमा खड्का जोडीको फिल्म ‘बेहुली फ्रम मेघौली’ को छायाङ्कन ३४ दिन मै सकिएको छ ।
चितवनको मेघौली गाउँमा फिल्मको छायाङ्कन गरेका निश्चलले सामाजिक सन्जालमार्फत यो जानकारी गराएका हुन् ।
‘इन्ड क्ल्याप’ भन्दै सुटिङ युनिटको ड्रोन सट शेयर गर्दै उनले लेखेका छन् – ‘ सुटिङ सकियो इन्ड क्ल्याप,२०८१ को दशैमा भेटौला ’
यो फिल्ममा निश्चल र स्वस्तिमा निर्माता समेत हुन्। फिल्मलाई साजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा लेखन एवं निर्देशन गरेका छन्।
ब्ल्याकहर्ष प्रिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा बनेको फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको पनि अभिनय छ।
वर्ष २०८१ को दसैँमा फिल्म प्रदर्शनमा ल्याइने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया