काठमाडौँ – कमेडी च्याम्पियनको सुटिङ आजबाट पुनः शुरू हुने भएको छ ।
दुई हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजबाट शुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पियनका प्रमुख विशाल भण्डारीले जानकारी दिएका छन् ।
‘के तपाईँ कमेडी च्याम्पियन स्टुडियोमा लाइभ हेर्न चाहनुहुन्छ रु यदि हो भने हाम्रो सुट आज चैत २७ गते मङगलबार हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११ बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निःशुल्क हेर्न पाइने छ ।’
केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया