मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चतरामा आजदेखि महाकुम्भ मेला

धरान – सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदै छ ।

मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सह अध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरूप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ ।

मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सह अध्यक्ष कार्कीले बताए।

उनले भने “सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसिटिभीको सहायताले सहभागीहरूको सङ्ख्या गणना गरिने छ ।”

मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा चार सय ८० व्यापारिक स्टल राखिने भएको छ ।

त्यस्तै मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछा मासु बिक्री वितरण गर्न रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?