मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्बन्ध विच्छेद गर्दै रजनीकान्तका छोरी ज्वाई

काठमाडौँ – दक्षिण भारतीय सुपरस्टार रजनीकान्तका छोरी – ज्वाई ऐश्वर्या रजनीकान्त र धनुषले सम्बन्ध विच्छेदको प्रक्रिया थालेका छन् ।

यसका लागी उनीहरूले हालै मात्र चेन्नईको एक पारिवारिक अदालतमा निवेदन दिएका हुन् ।

यो निर्णय गत वर्षको जनवरीमा मै लिएका थिए । जहाँ धनुषले सामाजिक सञ्जालमा लेखेका थिए – ‘साथी, दम्पती, अभिभावक र एक अर्काका शुभचिन्तकका रूपमा १८ वर्षको साथ । यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकूल हुने यात्रा रह्यो । आज हामी त्यो मोडमा उभिएका छौँ । जहाँ हाम्रो बाटो अलग भएको छ । ऐश्वर्या र मैले एक जोडीका रूपमा अलग हुने र बृहत्तर आशामा एक व्यक्तिका रूपमा एक अर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौँ’,

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरूका दुई छोरा यात्रा र लिंगा छन् । 

पेसाले  धनुष अभिनेता तथा निर्माता हुन् भने  ऐश्वर्या निर्देशक हुन् । ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रूपमा पुनरागमन गरेकी छिन् । जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन् ।

धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो । जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?