मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नहर भत्केपछि जुम्लाको पातारासीमा विद्युत् आपूर्ति बन्द

जुम्ला – जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । पच्चीस मिटर नहर पहिरोले भत्काएको छ । 

विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, “गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यति बेलादेखि नै नहर मर्मतको पहल भएको हो ।” 

समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको उनले जानकारी दिए। भत्केको नहर मर्मत गर्न रु छ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले बताए ।

विद्युत् अवरुद्ध हुँदा पातारासी गाउँपालिका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैङ्क तथा वित्तीय संस्थालाई समस्या भएको छ । 

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट रु तीन लाख बजेट विनियोजन भएको छ । 

तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?