काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी-२० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।
आउदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ ।
नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया