मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौँ – काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ ।

यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन् । आगलागी कारण भने अहिलेसम्म खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?