मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा मोबाइल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ३७ लाख नाघ्यो

काठमाडौँ – नेपालमा मोबाइल मार्फत बैङ्किङ कारोबार गर्नेको सङ्ख्या २ करोड ३७ लाख नाघेको छ । 

नेपाल राष्ट्र बैङ्क सार्वजनिक गरेको २०८० फागुनको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या  २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको हो ।

जुन गत आर्थिक वर्षको भन्दा ३७ लाख १८ हजार १२२ अर्थात् १८.५३ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७९–८० यो अवधिमा मोबाइल बैङ्किङ प्रयोगकर्ता २ करोड ६५ हजार २६७ थिए।

योसँगै मोबाइल बैङ्किङ मार्फत हुने कारोबार रकम पनि बढेर २ खर्ब ९१ अर्ब ९५ करोड नाघेको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्कमा अनुसार चालु आवको फागुनमा मोबाइल बैङ्किङ मार्फत २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ। यो रकम गत आर्थिक वर्षको फागुनमा १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ थियो । 

मोबाइल बैङ्किङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्युआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ।

साथै बैङ्कहरू पनि खाता खोल्न आउने ग्राहकहरूका लागि मोबाइल बैङ्किङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?