मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेकेन्ड ह्यान्ड बाइक किन्दा के-के ध्यान दिने ?

बाइक जाँच गर्ने : बाइक जाँच गर्दा सकेसम्म अनुभवी व्यक्तिलाई लानुपर्छ । बाइकका हरेक पार्टपुर्जा चेक गर्नुपर्छ, जस्तै– ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर, तेल हाल्ने ट्यांकी आदि ।

यी पार्टपुर्जाले राम्ररी काम गर्न सक्छन् वा सक्दैनन्, यकिन गर्न आवश्यक छ । यसबाहेक बाइकको पूरा बडी हेरेर स्क्र्याच भए/नभएको समेत हेर्नुपर्छ ।

इन्जिन चेक : चाहे जुनसुकै कम्पनीको बाइक किन नहोस्, त्यसको इन्जिन क्षमता के, कति र कस्तो छ भन्ने मुख्य हो । त्यस्तै, कति सिसीको बाइकले कति किमिसम्म माइलेज दिन्छ र इन्जिन क्षमता कति राख्छ भन्ने कुरामा पनि दिनुपर्छ । यसर्थ, बाइक खरिद गर्नुअघि इन्जिन राम्ररी चेक गर्न आवश्यक छ ।

कागजात : प्रायः बाइक कुनै चिनेको मानिस वा रिकन्डिसन सेन्टरबाट खरिद गरिन्छ । जहाँसुकैबाट किन्ने भए पनि उक्त बाइकका कागजात सबैभन्दा पहिला हेर्नुपर्छ । ब्लु बुकमा उल्लेख भएको चेसिस नम्बर र बाइकको नम्बर एउटै हुनुपर्छ । यसबाहेक बाइकको कर तिरेको, बिमा गरिएको छ कि छैन भन्नेमा ध्यान पुर्‍याउनुपर्छ । 

कुदाएर हेर्ने : बाइक छान्ने सबैभन्दा राम्रो तरिका टेस्ट ड्राइभ हो । बाइक चलाएर हेर्दा त्यहाँ भएका कमीकमजोरी सजिलै पत्ता लगाउन सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?