काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।
लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुँदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको थियो ।
यस अघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अङ्क भएको छ र अङ्कतालिकामा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अङ्क रहेको छ र सातौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया