मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न मैले भूत देखेकी छु, न भगवान देखेकी छु: रीमा विश्वकर्मा

काठमाडौँ– कलाकार तथा प्रस्तोता रिमा विश्वकर्माले नेपाली समाजमा भनिने बोक्सी एक ‘आइडिया’ भएको बताएकी छिन् ।

आइतवार राजधानीमा आयोजित सिनेमा ‘बोक्सीको घर’ को ट्रेलर रिलिज कार्यक्रममा उनले यस्तो बताएकी हुन् । साथै उनले समाजका हिसाबले बोक्सीका प्रकार समेत बनाइने गरेको पनि बताइन् ।

‘बोक्सी समाजको एक आइडिया मात्र हो, जब कोही महिलाले अस्वभाविक रुपमा प्रगति गर्छ या उसले आफ्नो चाहना र सपना अनुसार अरुलाई म्यानुपुलेट गर्न सक्छ, त्यस्तो अवस्थामा समाजले बोक्सी भन्छ भन्ने लाग्छ,’ उनले भनिन् ।

उनले समाजमा रहेका कमजोर महिलालाई पनि बोक्सी भन्ने गरिएको बताइन् । आफूले यस्तो कुरामा विश्वास नगर्ने भए पनि भित्री मनमा डर लाग्ने उनले बताइन् ।

‘न मैले भूत देखेको छु, न मैले भगवान भेटेको छु, न मैले बोक्सी भेटेको छु तर मलाई मसानघाटमा लगेर कसैले राखिदियो भने म शायद बस्न सक्दिनँ,’ रीमाले भनिन्, ‘किनकि हामीलाई जन्मेदेखि नै त्यसबारे डर देखाइएको छ, त्यो डरले हामीलाई च्याप्छ ।’

साथै उनले समाज परिवर्तन हुन समय लाग्ने र समाजमा यस्ता विभेद विस्तारै हट्दै जाने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?