मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मत्स्य जयन्ती कहिले, भगवान विष्णुले किन लिए मत्स्य अवतार ?

काठमाडाैँ – हिन्दू धर्ममा भगवान विष्णुको मत्स्य अवतारको वर्णन छ। भगवान विष्णुको यो अवतार ठूलो माछाको अवतार हो।भगवान विष्णुका २४ अवतारहरुको वर्णन गरिएको छ ।

तीमध्ये २३ अवतार पृथ्वीमा आएका छन् भने २४ औं अवतार ‘कल्की अवतार’को रूपमा आउन बाँकी छ । ती मध्ये एक मत्स्य अवतार हो। भगवान विष्णुले आफ्नो मत्स्य अवतारमा पृथ्वीलाई बाढीबाट बचाएका थिए ।

उनले हयग्रीव नामक राक्षसलाई पनि मारेका थिए । हयग्रीवले वेद चोरेर समुद्रको गहिराइमा लुकाएका थिए । यसरी भगवान विष्णुले मत्स्य अवतारमा देखा परेर वेदको रक्षा गरे। मत्स्य अवतारलाई भगवान विष्णुको पहिलो अवतार भनिन्छ।

मत्स्य जयन्ती प्रत्येक वर्ष चैत्र शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । सन् २०२४ मा ( चैत २९ गते ) मत्स्य जयन्ती ११ अप्रिल बिहीबार परेको छ । यस विशेष दिनमा भगवान विष्णुको मत्स्य अवतारको पूजा गरिन्छ।

यस दिन भगवान विष्णुको विशेष पूजा गरिन्छ । संयोगले मत्स्य जयन्ती बिहीबार परेको छ । बिहीबार भगवान विष्णुको पुजाका लागि उत्तम मानिन्छ ।

मत्स्य जयन्तीको महत्व

हिन्दू शास्त्र अनुसार भगवान विष्णुले हयग्रीव नामक राक्षसबाट पृथ्वीको रक्षा गर्न विशाल मत्स्य (माछा) को अवतार ग्रहण गरेका थिए। माछाको रूप लिएर भगवानले फेरि दानवको छोराबाट वेद प्राप्त गरे।

त्यसैले यस दिन व्रत बसेर भगवान विष्णुको मत्स्य अवतारको पूजा गरिन्छ । यस दिन पवित्र नदीमा स्नान, पूजा र व्रत गर्नाले शरीर र मनको शुद्धि हुने र दुःख-कष्ट हट्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?