मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चोरी हुन थालेपछि मासुको प्याकेटमै जीपीएस !

काठमाडौं- मासु चोरीका घटना बढ्दै गएपछि अस्ट्रेलियाको एक सुपरमार्केटले महङ्गा मासुजन्य उत्पादनमा जीपीएस ट्र्याकर राख्न थालेको छ ।

अस्ट्रेलियामा सुपरमार्केट सञ्चालन गर्दै आएको ड्रेक्स नामक कम्पनीले चोरीका घटना न्यूनीकरण गर्न मासुजन्य उत्पादनमा जीपीएस ट्र्याकर राख्न थालेको हो ।

पछिल्लो समय दक्षिणी अस्ट्रेलियामा मासु चोरीका घटना बढ्दै गएको पाइएको छ । मासु चोरी हुने घटना बढेपछि उक्त कम्पनीले पोलपोलिकार्बोनेट केसमा मासुसँगै जीपीएस ट्र्याकर राख्न सुरु गरेको हो ।

जीपीएसजडित हरेक बाकसको मूल्य ३५ डलर पर्न जाने भएपनि यसले चौबिसै घण्टा सुरक्षा प्रदान गर्ने समाचारमा जनाइएको छ ।

ड्रेक्सका अनुसार दक्षिणी अस्ट्रेलिया र क्विन्सल्याण्ड प्रान्तबाटमात्रै हरेक वर्ष १ करोड २० लाख डलर बराबरको मासु चोरी हुँदै आएको छ ।

अस्ट्रेलियन प्रसारक एबीसीका अनुसार एउटा मासुको प्याकेटको मूल्य ५० देखि १ सय डलर प्रतिकिलो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?