काठमाडौँ– नितेश तिवारीको फिल्म रामायणको सुटिङ शुरु भएको छ ।
हालै सेटका कलाकारका केही तस्वीर पनि सार्वजनिक भएका छन् । जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए ।
यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ । जसका लागि उनले राम्रै पारिश्रमिक पनि लिएका छन् ।
नितेश तिवारीले ‘रामायण’लाई तीन भागमा बनाउन लागेको खबर छ । कोइ मोइ डटकमको रिपोर्ट अनुसार रणवीर कपुरले ‘रामायण’ को एक फिल्मका लागि करिब ७५ करोड भारु लिइरहेका छन् ।
अर्थात् उनलाई तीन फिल्मका लागि करिब २२५ करोड रुपैयाँ दिइनेछ । जहाँ सीताको भूमिका निभाउन लागेकी साई पल्लवीलाई एउटा फिल्मका लागि ६–८ करोड मात्रै दिइनेछ ।
यशले फिल्ममा रावणको भूमिका निर्वाह गर्ने बताइएको छ । उनले एउटा फिल्मका लागि करिब ५० करोड भारु लिनेछन् ।
केही दिनअघि यश ‘रामायण’ को दोस्रो र तेस्रो किस्तामा मात्रै देखिने खबर पनि आएको थियो । जसका लागि उनलाई कुल १०० करोड रुपैयाँ दिइने छ । केजीएफ र ‘ब्रह्मास्त्र’ पछि यश र रणवीर कपुरको लोकप्रियता निकै बढेको छ ।
हालै सामाजिक सञ्जालमा अरु केही तस्वीरहरु बाहिर आएका छन् । अरु तस्वीरहरु सेयर भए पनि केही समय पछि डिलिट भयो ।
फिल्मसँग सम्बन्धित कुनै पनि फुटेज वा कलाकारको लुक्स पहिल्यै सार्वजनिक होस् भन्ने निर्माताले नचाहने विश्वास गरिएको छ । यसको आधिकारिक घोषणा यही रामनवमीमा गरिने बताइएको छ ।
मिडिया रिपोर्टमा यो ठूलो बजेटको मल्टीस्टारर फिल्म हुने दाबी गरिएको छ । जसमा बलिउडसँगै साउथका स्टारहरु पनि रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया