मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ दैनिक नाच्नुको फाइदा

स्वस्थ्य र फिट रहन शारीरिक सक्रियता आवश्यक छ । शारीरिक गतिविधिको कमी र अल्छीपनका कारण अहिले धेरै मानिस मोटोपनको सिकार भइरहेका छन् ।

यसले अन्य स्वास्थ्य समस्या पनि बढाउने हुनाले हामीले फिटनेसका लागि समय छुट्टाउनुपर्छ । 

त्यसका लागि नृत्य गर्नु एउटा उत्तम उपाय हो ।  यो प्रभावकारी मात्रै नभई धेरै रमाइलो पनि छ । यसले मानिसलाई धेरै खुसी राख्छ । त्यस्तै, मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ ।

हिप–हप, जुम्बा, क्लासिकल इन्डियन, स्ट्रिट डान्सलगायत डान्सका सबै फम्र्याट अति रमाइला छन् । कम्प्रिङ, लकिङ, जम्पिङ, ज्याकलगायत विभिन्न मुभले तपाईँको शरीरको लचकता बढाउँछ । 

जुनसुकै मुभमा डान्स गरे पनि मनैदेखि गर्न जरुरी छ । डान्सको फिटनेस रुटिन फलो गर्न पनि धेरै सहज छ ।

संगीतको तालमा यसरी नाच्दा शरीरलाई कसरत परेको पत्तो नै हुँदैन । नृत्यले सम्पूर्ण शरीरलाई चलायमान बनाउँछ । तपाईंलाई आराम दिन्छ र शान्ति तथा खुसीसँगै मानसिक रूपमा स्पष्ट बनाउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?