मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्ता व्यक्तिलाई पाइल्स हुने सम्भावना बढी हुन्छ ?

काठमाडाैँ – पछिल्लाे समय संसारभर जल्दोबल्दो समस्याका रूपमा देखिएको छ पाइल्स। अंग्रेजी शब्द पाइल्सको अर्थ हुन्छ थुप्रिनु। मलद्वार वरपर मासुको डल्ला थुप्रिनुलाई पाइल्स भनिन्छ। यसलाई अल्काइ, बबासिर तथा हेमोरोइडस् पनि भनिन्छ। यसको सही उपचार भएन भने धेरै पीडा दिने र दैनिक जीवनलाई निकै प्रभावित गर्छ।

ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ। मलद्वारको छेउसम्म रक्तनली हुन्छन्। यी रक्तनलीमार्फत मलद्वारसम्म रक्तसञ्चार हुन्छ। यही मलद्वार तथा मलद्वारका भित्ताहरूमा रहेका रक्तनलीमा विभिन्न कारणले हुने समस्यालाई पाइल्स भनिन्छ।

खानपिनमा ध्यान नदिने, घरबाहिरको खाना बढी खाने, फाइबर नभएको खाना बढी खाने, गह्रौँ काम गर्ने, एउटै ठाउँमा धेरै समय बस्ने, मोटरसाइकलमा धेरै हिँड्ने, प्रायः लामो यात्रा धेरै गर्ने जस्ता व्यक्तिलाई पाइल्स हुने सम्भावना बढी हुन्छ।

फाइबरले दिसालाई साह्रो हुन दिँदैन। माछा, मासु नखाए कमजोरी हुन्छ भन्ने भ्रमसमेत मान्छेमा हुन्छ। माछा, मासु बढी खानु पनि पाइल्स हुनुको मुख्य कारक हो। रक्सीले सबैभन्दा बढी असर गर्छ।

पाइल्सको लक्षण

दिसा साह्रो हुनु, कब्जियत हुनु, दिसा भन्दा पहिला रगत आउनु, रगत आएर पनि उपचार नगराए मासुको थुप्रो बाहिर आउनु र दिसा आउँदा दुख्ने जस्ता कारणहरु पाइल्सको लक्षण हो।

उपचार
शुरुमा पाइल्स कुन चरणमा छ भनेर यकिन गरिन्छ। सुरुमा दिसालाई खुकुलो बनाउने औषधि दिइन्छ जसले गर्दा पाइल्सको समस्या केही मात्रामा घट्छ। तेस्रो चरणको पाइल्ससम्म खानपिन मिलाएर र औषधिले नै रोग निको पारिन्छ। चौथो चरणको पाइल्सलाई निको पार्न शल्यक्रिया गरिन्छ जसलाई ‘लाइगेसन’ भनिन्छ।

के खाने ?

पाइल्स भएको बिरामीले फाइबरयुक्त खाना जस्तै गाँजर, मुला, मेवा, सागसब्जि बढी खानुपर्छ। पानि प्रशस्त मात्रामा पिउनु पर्छ। स्याउ दिउँसो खान हुन्छ। राति उसिनेर मात्रै खान हुन्छ। सुत्ने बेला मनतातो दूध पिएर सुत्दा बिहान दिसा गर्न सजिलो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?