मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डाइबेटिज भएकाले के खाने के नखाने ?

काठमाडाैँ – डाइबेटिज भएकाले के खाने के नखाने र कति मात्रामा खाने भन्ने कुरा बुझ्नै पर्छ । यो कुरा बुझेर त्यही अनुसार आफनो डाइट प्लान बनाउन सके मात्र सुगर नियन्त्रणमा राख्न सकिन्छ ।

अन्यथा औषधीले मात्र यसलाई नियन्त्रण गर्न सकिंदैन् । त्यसैले हरेक मधुमेहको समस्या भएका बिरामीले मैले कति मात्रामा कस्तो खाना खाने भन्ने आफनो डाइटिसियनसँग बुझ्नैपर्छ ।

मधुमेह हुने भनेको रगतमा सुगरको मात्रा बढी भएर हुने हो । अब हामीले के कुरा बुझ्न पर्यो भने रगतमा अझ धेरै एकैपटक सुगर बढाउने कुरा एकैपटक धेरै खान भएन । त्यसैले सिधै रगतमा चिनीको मात्रा बढाउने खाना के हुन् भन्ने बुझ्न पर्छ ।

गुलिया फलफूलका जुस, भात, तरुल, आलु, प्रशोधित खानेकुरा, फ्याक्ट्रीमा बनेका रेडिमेड गुलिया जुस लगायतका खानेकुरामा धेरै चिनीको मात्रा हुने भएकाले यी खानेकुरा धेरै खान भएन । अझ प्रशोधित खानेकुरा त नखाएकै राम्रो ।

अर्को कुरा हामी धेरै नेपालीले आफनो दुबै खानामा भातको प्रयोग गरेको पाइन्छ । भातमा कार्बोहाइड्रेडको मात्रा बढी हुन्छ । त्यसैले मधुमेह भएकाले कम कार्बोहाइड्रेड खाएको राम्रो मानिन्छ । त्यसैले भात खान मिल्छ तर यसको मात्रा भने मिलाएर मात्र खान पर्छ ।

थोरै भात, धेरै हरियो सागसब्जी, दाल गरेर खान सकिन्छ । एउटा कुरा के याद गर्न पर्यो भने भात खाँदै गर्दा अन्य कार्बोहाइड्रेड भएका खाना जस्तै आलु, तरुल नखाएको राम्रो । अथवा आलु खान मन छ भने भातको मात्रा कम गरेर थोरै आलु खान सकिन्छ ।

त्यसैगरी चोकर भएका मकै, कोदो, फापर,जौ, ओट्स जस्ता खानामा फाइबर धेरै हुने भएकाले यस्ता खानाले रगतमा सुगर नियन्त्रणमा राख्न मद्दत गर्छन्। त्यसैले यस्ता खाना खान सकिन्छ । फाइबरयुक्त खानाले कब्जियतको समस्या पनि हुन दिंदैन । तरकारीमा घिरौला, लौका, मुला, ब्रोकाउली आदी खाँदा हुन्छ ।

फलफूल खाँदा पनि कम गुलिया फलफूल रोजेको राम्रो । त्यसमा पनि फलफूल खाँदा यसको जुस बनाएर नभई सिंगै फलफूल खानु ठीक मानिन्छ । योसँगै मधुेमहमा प्रोटिनको मात्रा पनि त्यत्तिकै मिलाउनुपर्छ । प्रोटिनको लागि दाल, कुखुराको मासु, गेडागुडी, माछा, तोफु खान सकिन्छ ।

शरीरलाई फ्याट पनि चाहिन्छ । फ्याट दुई प्रकारका हुन्छन् । स्याचुरेटेड फ्याट र ट्रान्स्फ्याट । स्याचुरेटेट फ्याट घिउ, बटरमा हुन्छ । यो सकेसम्म कम मात्रामा खान सकिन्छ भने ट्रान्सफ्याट प्रोसेस्ड फुडमा धेरै पटक प्रयोग गरिएको हुन्छ ।

त्यसैले यो प्रयोग नगर्नु वेश हुन्छ । यसले सिधै मुटुमा असर गरेको पाइन्छ । सुगर नियन्त्रणका लागि डाक्टरको सल्लाह बमोजिमको औषधी, नियमित एक्सरसाइजसँगै आफनो खानाको पनि विशेष ख्याल गर्न जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?