मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन कम उमेरमा नै कपाल फुल्ने समस्या हुन्छ ?

काठमाडौं- आजभोलि कम उमेरमै कपाल फुल्ने समस्या देखि धेरै व्यक्ति ग्रसित छन् । विशेष गरी उमेर नपुगेका युवा युवतीमा यो समस्या बढी छ । उमेर नपुगी नै कपाल फुल्दा उनीहरुको लागि यो चिन्ताको विषय बनेको छ ।

कपाल फुल्दा मानिसलाई बुढो देखिने वा आफूलाई बुढ्यौली महसूस हुने भएकोले यो सबैको चिन्ताको विषय पनि बनेको छ । उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक प्रसाधनका सामान प्रयोग गरी कपालमा विभिन्न कलर गर्ने गर्दछन् ।

यसबाट केही समयको लागि कपाल फुल्ने समस्याबाट राहत पाए पनि यसमा विभिन्न केमिकल मिसाइने भएको हुनाले पछि यसको नकरात्मक असरहरु देखा पर्नसक्छ । आज हामी तपाईलाई घरेलु उपायबाट कसरी कपाल फुल्ने समस्याबाट छुटकारा हुन्छ त्यो बताउनेछौँ ।

अमला
कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर उमाल्नुस् । र, तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउकोमा लगाउनुहोस् । तेलले मालिस गर्नुस्, र कपाल धुनुभन्दा पहिला एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटकसम्म गर्नुस् ।

प्याजको रस
प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण वस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । प्याज र कागतीको रस मिलाउनुस् आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि धुनुहोस् । प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।

बदामको तेल
बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ ।

तिलको तेल
तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्चा कालो तिलको बिउलाई कम्तिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । लौकाको रसमा जैतुनको तेल वा तिलको तेल लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?