मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फोहरका कारण हुने जोखिम घटाउन काठमाडौँमा पूर्वतयारी

काठमाडौं- काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’ पूर्वतयारी थालेको छ । वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन ब्रुमर र सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सफाइ कार्यक्रममा वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लब तथा सङ्घसंस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गुलगायत सङ्क्रमण घटाउन मद्दत हुनेछ ।

उनले भने, “हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ, यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनुपर्छ, यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फुर्त सहभागिताको अपेक्षा गरेका छौँ ।”

वडा नं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताए ।

उनले भने, “यो ठमेललगायतका पर्यटकीयस्थल, गोङ्गबु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्कजस्ता बाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो, वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ, यसको संयोजनका लागि काम गरिरहेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?