मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चित्रकला प्रदर्शनी

जापानी कलाकारको प्रकृति प्रेम (फोटो फिचर)

काठमाडौँ– आकाशको सौन्दर्यमा मिसिएका घामका किरणका प्रकाश र रङहरु निरन्तर गतिशील आवेगमा हिँडिरहेको जस्तो भान हुन्छ । अर्काेतिर नीला बादल र आकाशले प्रकृतिको सौन्दर्य चुमिरहेजस्तो देखिन्छ ।

ग्यालरीका भित्ताका अर्काेतिर धुमिल देखिएका रुखका आकृतिहरु पहेँला घामका किरणहरुमा धपक्क बलेका झै लाग्छ । पाटन चाकुपाटस्थित एम क्युब ग्यालरीमा हाल प्रदर्शनरत रहेको जापानी कलाकारहरु हिडेयो लिडा र इजुमी टानाबेका कलाकृतिहरुमा अवलोकन गर्ने कलाप्रेमीहरुमा यस्तै भावहरु मानसपटलमा आउन सक्छन् ।

दुवैको कला भावमा प्रकृतिको गहन प्रेम पाइन्छ । प्रकृतिको निरन्तर सौन्दर्य र प्रेम यी दुवैको कलाकृतिमा छन् । प्रकृतिबाट पाइने सौम्य र शान्तिका लागि यी दुवैले गरेका खोज र अनुसन्धानबाट पाएका दृष्टिकोणहरु सिर्जनामा चित्रण गरेका छन् ।

सन् १९५२ मा जापानको टोकियोमा जन्मेका हिडेयो अमूर्त कलामा स्थापित कलाकार हुन् । कला विश्वविद्यालय टोक्योमा कला विधामा नै स्नातकोत्तर गरेका उनले थुप्रै पटक एकल तथा संयुक्त कला प्रदर्शनी गरेका छन् ।

यसअघि पनि उनले नेपालमा बौद्धस्थित तारागाउँ र एम क्युबमै कला प्रदर्शनी गरिसकेका छन् । आफ्नो कलामा जापानको परिदृश्य र त्यहाँका भावहरु अभिव्यक्त भएका छन् कलाकार हिडेयाका सिर्जनामा प्रकृतिदेखि अन्तरिक्षको दृष्टिकोण भेटिन्छन् ।

सन् १९७५ मा जापानमा जन्मेकी इजुमीले पनि कला विधामा नै स्नातकोत्तर गरेकी छिन् । उनले जापान र नेपाल लगायत देशमा थुप्रै पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गरेकी छिन् ।

उनी विशेषत जापानी इतिहास र समाजको अन्वेषण गरे कलाको माध्यममा उतार्छिन् । प्रकृति र महिलाको सम्बन्धलाई खोजी गर्दै उनी त्यसैमा भविष्यप्रतिको सुखद आशाको अपेक्षा गर्छिन् ।

इजुमीको कलामा भने प्रकृति र नारी सौन्दर्यको छवि भेट्टाउन सकिन्छ । उनका कलाले प्रकृतिको चित्रणसँगै नारी महिमालाई जोड दिएका छन् । रङ र प्रकाशको संयोजनमा प्रकृति र नारी भावले दर्शकलाई आनन्दित तुल्याउँछ ।

हिडेयो र इजुमी दुवैका मूर्त तथा अर्ध अमूर्त शैलीका कलाकृतिहरु मार्फत कलाप्रेमीहरुले प्रकृतिको गहन स्वरुप महसूस गर्न सक्छन् । जसबाट प्रकृति र नारीबिचको सम्बन्ध समेत केलाउन सकिन्छ ।

ग्यालरीका निर्देशक तथा क्युरेटर मनिषलाल श्रेष्ठका अनुसार यी कलाहरुले प्रकृतिसँगै पर्यावरण तथा गहन आध्यात्मिक दर्शन पक्षको खोजमा समेत सहायता मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?