मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमिताभ बच्चनकी नातिनीलाई फिल्ममा रुचि नै छैन

काठमाडौं- बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा प्राय चर्चामा आउने गर्छिन् । फिल्मी क्षेत्रमा नभएपनि उनी आफ्नो बुवाको व्यवसायमा बढी चासो राख्छिन् ।

यसबाहेक नव्याले महिला सशक्तीकरणका लागि काम गरिरहेकी छन् ।

उनले हालै दिएको एक अन्तर्वार्तामा भनेकी छन्, ‘म दिल्लीको व्यापारी परिवारबाट आएकी हुँ । सधैं व्यापारिक वातावरणमै हुर्केँ छु । बुबा घरमा आउँदा सेयर र व्यापारको कुरा गर्नुहुन्थ्यो ।’

उनले आफ्नो भाइलाई सानैदेखि फिल्मको रुची भएपनि आफ्नो कहिल्यै फिल्ममा रुची नभएको बताएकी छन् ।

उनले भनेकी छन् ‘भाइलाई सानैदेखि अभिनेता बन्ने रहर थियो । उनले फिल्ममा मौका पाएकोमा हामी निकै खुसी छौं । भगवानले उनलाई अझै अगाडि बढ्न मद्दत गरून् । सबैलाई थाहा छ मलाई फिल्ममा रुचि छैन, सायद त्यही भएर अफर आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?