मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

भारतमा फेसन पढेर नेपालमा मोडलिङमा रमाएकी ज्योति

कुबेर डंगोल
3.2k
Shares

काठमाडौँ– चन्द्रागिरी नगरपालिका मातातीर्थमा बस्ने ज्योति केसीलाई स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण फेसनको दुनियाँमा नोटिस भएकी छिन् ।

उनले सन् २०१७ मा ‘मिस्टर एण्ड मिस मोडेल लाइक अ स्टार’ नामक ब्युटी प्याजेन्टमा सहभागी हुँदै केसीले फेसन क्षेत्रमा पाइला टेकेकी हुन् ।

यस क्षेत्रसँग लगाव बढेपछि उनले भारत पुगेर चण्डीगढमा रहेको ‘इन्डियन इन्स्टिच्युट अफ फेसन डिजाइन’ बाट फेसन डिजाइनिङ स्नातक समेत गरेकी छन् ।

उनले त्यहाँ फेसनसँगै मेकअप र स्किन आर्टको शिक्षा समेत लिइन् । पोस्ट ग्र्याजुएसन सकेपछि केसीले उनीसँगै शिक्षा लिएका साथीहरू बलिउडतर्फ लाग्दा उनी स्वदेशमा नै केही गर्छु भन्दै नेपाल फर्किएकी हुन् ।

नेपालमा सन् २०१९ देखि फेसनसँगै मेकअपमा समेत सक्रिय रहेकी केसीले त्यही अनुसार काम गरिन् । उनको लगाव फेसन भन्दा पनि मेकअपमा बढ्यो । यसैले गर्दा उनले ‘जावेरिया मेकअप स्टुडियो’ को शुरुवात गरिन् ।

मेकअप आर्टिस्टकै रुपमा सक्रिय रहेर आफ्नो परिचय फाराकिलो गर्दै काठमाडौंको अनामनगरमा ‘जावेरिया मेकअप स्टुडियो’ सञ्चालन गरी सौन्दर्य व्यवसायमा आफूलाई स्थापित गरेकी छिन् ।

केसीले सौन्दर्य व्यवसायसँगै फेसनलाई पनि एकसाथ अगाडि बढाएकी छिन् ।

मेकअप आर्टिस्ट/मोडल: ज्योति केसी
मेकअप: जावेरिया मेकअप स्टुडियो
ड्रेस डिजाइनर: कुसुम क्रियसन
स्टुडियो: केडीनाइन स्टुडियो