मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देव आनन्दलाई कालो सुट लगाउन किन प्रतिबन्ध थियो ?

काठमाडौँ – हिन्दी सिनेमाका पहिलो सुपरस्टार देव आनन्दको लागि सारा संसार पागल थियो । उनी बलिउड उद्योगमा एक मात्र कलाकार थिए, जसको प्रतिस्पर्धामा कहिल्यै कोही आएको छैन र आउने पनि छैन।

आफ्नो उत्कृष्ट अभिनयका साथसाथै देव आनन्दले आफ्नो स्टाइलले करोडौँको मनमा राज गर्थे । फ्यानहरू उनको लागि पागल थिए । आफ्नो मन पर्ने स्टारको झलक पाउन उनका फ्यानहरू जे पनि गर्न तयार थिए । 

देव आनन्द आफ्नो समयका सबैभन्दा सुन्दर अभिनेता थिए। उनी आफ्नो लुक्सका कारण धेरै चर्चामा रहे । उनलाई बलिउडको फेसन आइकन पनि भनिन्छ । केटीहरू उनीमाथि पागल थिए।

भनिन्छ, केटीहरू देव आनन्दका लागि यति पागल थिए कि उहाँको एक झलक पाउन घरको छतबाट हाम फाल्ने गर्थे । यही कारणले गर्दा अदालतले देव आनन्दलाई कालो सुट लगाउन प्रतिबन्ध लगाइएको थियो।

वास्तवमा देव आनन्दको फिल्म ‘काला पानी’ सन् १९५८ मा रिलिज भएको थियो । यस फिल्ममा उनले सेतो सर्ट र कालो कोट लगाएका थिए । उनको ड्यासिङ लुक निकै मन पराइएको थियो ।

देव आनन्दको यो लुकको क्रेज यस्तो थियो कि उनलाई देखेपछि केटीहरू आफ्नो छतबाट हाम फाल्न तयार भए ।

सुपरस्टारको एक झलक पाउनका लागि धेरै केटीहरूले आत्महत्याको प्रयास समेत गरेको खबर आएको थियो । मुद्दा गम्भीर भएपछि अदालतले देव आनन्दलाई कालो कपडा लगाउन प्रतिबन्ध लगाएको थियो ।

हिन्दी सिनेमाको इतिहासमा नायकको पहिरनमा अदालतले हस्तक्षेप गरेको यो पहिलो पटक हो ।

सन् १९४६ मा उनले देव अनन्तको फिल्म ‘हम एक हैं’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

उनले आफ्नो करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । तर, ४ डिसेम्बर, २०११ मा देव आनन्दले यस संसारलाई सधैँको लागि अलबिदा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?