मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन आवश्यक छ नियमित स्वास्थ्य परीक्षण ?

कुनै पनि रोग लाग्नु भन्दा अगाडि समय समयमा गरिने स्वास्थ्य परीक्षणलाई नियमित स्वास्थ्य परीक्षण भनिन्छ ।

नियमित स्वास्थ्य परीक्षणबाट हामीले रोग लाग्न भन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिमहरू छन् की कुनै रोगको लक्षण नहुँदा पनि हुने सङ्केतहरू छन् कि भनेर हेरिन्छ ।

यदि रोग लागेको देखि हाले पनि समयमा नै उपचार गरी त्यसको जटिलताहरूबाट बच्न सकिन्छ । नियमित स्वास्थ्य परीक्षण वालक जन्मनु भन्दा पहिले गरिएको भिडियो एक्स–रेबाट सुरु हुन्छ । 

 नियमित स्वास्थ्य परीक्षण कस्तो व्यक्तिलाई आवश्यक छ ?
जुन व्यक्तिमा कुनै पनि रोगको जोखिम छ त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

जस्तै उदाहरणको लागि मोटोपन भएका व्यक्ति जसले सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन गर्नुहुन्छ भने त्यस्ता व्यक्तिको स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । यसका अलावा अन्य जुनसुकै उमेर समूहका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न सकिन्छ । 

कस्ता व्यक्तिले कहिले परीक्षण गर्ने ?
नियमित स्वास्थ्य परीक्षण हरेक वर्ष गरिन्छ । जसअन्तर्गत सुगर जाँच, प्रेसर परीक्षण, चिल्लोपन (कोलेस्ट्रोल), मुटुको जाँच, किड्नीको जाँच, कलेजोको जाँच आदि पर्दछन् । 

–५० वर्ष उमेर नाघेका व्यक्तिले हरेक वर्ष पेट र आन्द्राको समस्याको लागि दिसाको जाँच गरिन्छ । 

–महिला समूह अन्तर्गत हरेक दुई देखि तीन वर्षको अन्तरालमा पाठेघर मुखको क्यान्सरको जाँच गर्न सकिन्छ । 

–यसैगरी, ५० वर्ष नाघेका महिलाहरूमा स्तनको क्यान्सरको जाँच अन्तर्गत हरेक दुई वर्षको अन्तरालमा म्यामोग्राम गरिन्छ । 

–६५ वर्ष नाघेका महिलाहरूमा हड्डी कत्तिको बलियो छ भनेर वोन मिनिरल डेन्सीटी (वि एम डि) गरिन्छ । 

–बच्चाहरूको स्कुल जानुभन्दा अगाडि ९३ वर्षदेखि ५० वर्षको उमेरमा कान, दाँत र आँखाको जाँच गर्नु उपयुक्त हुन्छ ।

स्वास्थ्य परीक्षणको किन महत्त्व छ ?
नेपालमा सरुवा रोगको बिगबिगी विगतदेखि भइरहेको छ । त्यसमा पनि अहिले आएर जीवनशैली परिवर्तन भएको कारणले गर्दा नेपालमा नसर्ने रोगको भार पनि थपिएको छ ।

सर्ने रोगभन्दा नसर्ने रोगको जटिलताहरू झन् भयानक हुँदै गएको छ । जसले गर्दा मान्छेको काम गर्ने क्षमतामा कमी आउनका साथसाथै उहाँहरूलाई यो जटिलताको उपचार गर्नका लागि आर्थिक भार थपिँदै जाने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ ।

युवा जनशक्तिमा नसर्ने रोगको प्रकोप बढ्दै गएमा पछि गएर राष्ट्रलाई नै चुनौती थपिने भएकाले सरकारले सुरुवाती चरणमै यससम्बन्धी सोच्नुपर्ने आवश्यक देखिन्छ ।

नियमित स्वास्थ्य परीक्षणमा देखिएको भ्रमको अन्त्य गर्नुपर्ने देखिन्छ । नियमित स्वास्थ्य परीक्षण एक पटक गरेर वर्षौँसम्म ढुक्क हुने अवस्था छैन । यसकारण यो नियमित रूपमा गर्नुपर्दछ ।

नियमित स्वास्थ्य परीक्षणका फाइदाहरुः
नियमित स्वास्थ्य परीक्षण गर्दा व्यक्तिलाई त फाइदा पुग्छ नै अझ बढी फाइदा राज्यलाई हुने गरेको छ । कुनै पनि व्यक्ति स्वस्थ भयो भने देश स्वस्थ्य रहन्छ ।

स्वस्थ मान्छेले देशमा योगदान गर्न सक्छ । जीवनको गुणस्तर राम्रो र रोग लागे पनि समयमा उपचार हुने भएकाले आर्थिक व्ययभारसमेत कमी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?