मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाँत फोहोर हुँदा हुन्छन् यस्ता खतरा

दाँत तथा गिजा वरिपरि फोहोर भयो भने दाँतमा समस्या हुन्छ, दाँत किराले खान्छ  भन्ने हाम्रो आम बुझाइ रहेको छ ।

दाँत तथा मुख फोहोर भएको खण्डमा अरू विभिन्न स्वास्थ्य समस्या समेत देखा पर्ने दन्त रोग विशेषज्ञहरू बताउँछन् । दाँतको फोहोर मधुमेहका बिरामी र गर्भवती महिलाका लागि समस्या हुने गर्छ । साथै यसले मुटुरोगको जोखिम पनि बनाउँछ । 

चिकित्सकका अनुसार दाँतका लाग्ने वा दाँतको वरिपरि बस्ने फोहोरलाई दन्त लेउ वा डेन्टल प्ला भनिन्छ । यो दाँतको वरिपरि गिजामा जमेपछि विभिन्न समस्या हुन्छ । गिजामा रहेको लिगामेन्टलाई कमजोर बनाउँछ ।

त्यसले गर्दा दाँत हल्लिने र दाँत निकाल्नु पर्ने अवस्था आउन सक्छ । त्यो फोहोरको कारणले दाँतमा मात्रै नभएर शरीरका अन्य भागमा पनि असर गरिरहेको हुन्छ । 

मधुमेहका बिरामीलाई जोखिम 

कसैलाई टाइप टु मधुमेह छ भने दाँतमा भएको फोहोरको कारणले गर्दा मधुमेह नियन्त्रणबाहिर जान सक्छ । दाँतमा भएका फोहोरकै कारण औषधि खाँदा पनि मधुमेह नियन्त्रण नहुने हुनसक्छ । फोहोरमा धेरै कीटाणु हुन्छ । त्यो रक्त वाहिनी नसामा जान्छ । त्यसले रगतमा भएको अनावश्यक ग्लुकोजलाई टुटाउने क्षमतालाई बनाउँछ । यस कारणले मधुमेह नियन्त्रणमा कठिनाइ उत्पन्न हुनसक्छ । 

मुटुमा असर

दाँतको फोहोरले मुटुमा पनि असर गर्ने हुन्छ । ती कीटाणुहरू रक्त नलीमा जाने र त्यसले त्यहाँ क्लट निर्माण गर्ने हुन्छ । त्यसले गर्दा हृदयाघात जस्ता मुटुरोगहरु हुने, मस्तिष्कघात हुने कुरा धेरै अनुसन्धानहरूले देखाएको पनि छ ।

गर्भमा असर

गर्भवती महिलामा दाँत तथा गिजा सम्बन्धी रोग देखा परेमा समय नपुगी बच्चा जन्मने, कम तौलको बच्चा जन्मने समस्या देखा पर्न सक्ने चिकित्सक बताउँछन् । दाँत तथा मुख फोहोर हुँदा त्यहाँ एक खालका कीटाणु जम्मा हुन्छन् । यी कीटाणुका कारण हर्मोनमा असन्तुलन कायम हुन पुग्छ ।

यसले गर्दा कम तौलको बच्चा जन्मने, छिटै बच्चा जन्मने समस्या हुनसक्छ । अन्य स्वास्थ्य समस्याका तुलनामा आम मानिसहरूले दाँतको समस्यालाई बेवास्ता गर्ने गरेको पाइन्छ । दाँत फोहोर हुँदा अन्य विभिन्न स्वास्थ्य समस्या हुने भएकाले समय–समयमा स्वास्थ्य संस्था गई दाँत सफा गर्न र बेला–बेला दन्त परीक्षण गर्ने दन्त चिकित्सक सुझाव छ दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?