मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्रिजको पानी सिधै पिउनु स्वास्थ्यका लागि खतरनाक

काठमाडौँ – विस्तारै गर्मी मौसम सुरु हुँदै हुन्छ । गर्मीमा सबैलाई चिसो पानी खान मन पर्छ । यो मौसममा तपाईले पनि फ्रिजबाट निकालेपछि चिसो पानी तुरुन्तै पिउनुहुन्छ ?

स्वास्थ्य विज्ञका अनुसार फ्रिजको पानी सिधै पिउनु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ । गर्मी मौसममा अथवा फ्रिजको चिसो पानी स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने विज्ञले जनाएका छन् ।

गर्मीयाम लाग्ने बित्तिकै कतिपयले पानीका बोतलहरू फ्रिजमा राख्न थाल्छन् ताकि चिसो लाग्दा बाहिर निकालेर सिधै पिउन थालून् । तर के तपाईलाई थाहा छ फ्रिजबाट सिधै पानी पिउनु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ ।

फ्रिजको पानी पिउनु खतरनाक

वैशाख महिना अबको केही हप्तापछि सुरु हुँदैछ, गर्मी मौसममा चर्को गर्मीले जनताको अवस्था दयनीय बनाउछ । गर्मी मौसममा मानिसहरु फ्रिजबाट चिसो पानी निकालेर पिउन थाल्छन् । फ्रिजबाट सिधै चिसो पानी पिउनाले स्वास्थ्यमा नराम्रो असर पर्छ । यदि तपाईमा पनि यस्तो बानी छ भने आजैबाट बदल्नुहोस् । किनभने यो तपाईंको लागि खतरनाक साबित हुन सक्छ । फ्रिजको चिसो पानी पिउनाले मोटोपना मात्र होइन धेरै रोगको खतरा पनि बढ्छ ।

मुटुका लागि खतरनाक

चिसो पानी पिउनाले मुटुलाई धेरै नोक्सान हुन्छ । जसका कारण रक्तनलीहरु खुम्चिन थाल्छ र रगतको प्रवाह पनि सुस्त हुन थाल्छ । चिसो पानी पिउनाले रक्तनलीहरु निकै कडा भएर समस्या हुन थाल्छ ।

मोटोपना बढाउँछ

चिसो पानी पिउनाले शरीरको बोसो बिस्तारै पग्लन्छ । मोटोपन घटाउन र बोसो जलाउन धेरै कठिनाइ हुन्छ। तौल घटाउन चाहनुहुन्छ भने चिसो पानी पिउनु हुँदैन । सामान्य वा मनतातो पानी पिउनुहोस् ।

चिसो पानी पिउँदा पाचन क्रिया बिग्रन्छ

चिसो पानी पिउनाले पाचन क्रिया पूर्ण रुपमा बिग्रन्छ । यस्तो अवस्थामा फ्रिजको चिसो पानी नपिउने प्रयास गर्नुहोस् यसले पाचन प्रक्रियालाई बिग्रन सक्छ। कब्जियतको गुनासो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?