मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेँसीसहरमा आजदेखि आठौं लमजुङ महोत्सव सुरु

लमजुङ – पर्यटन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले बेँसीसहर नगरपालिका वडा नं। ७ सहजीमा आजदेखि आठौँ लमजुङ महोत्सव सुरु भएको छ ।

लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला–संस्कृति समद्ध लमजुङको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो ।

महोत्सवको आज दिउँसो उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । राष्ट्रपति पौडेलले लमजुङ नेपाल एकीकरणको साक्षी रहेको उल्लेख गर्दै यहाँको पर्यटनको विकासका लागि आफूले पहल गर्ने बताए ।

लमजुङ लुकेर रहेको सम्पति रहेको बताउँदै उनले लमजुङमा जलविद्युत् पर्यटनको खोजी गरी समृद्धि हासिल गर्न सकिने धारणा राखे । यस्ता महोत्सवले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

सांसद उर्मिला माझीले जनताको अवस्था बदल्न सरकार अघि बढिरहेको बताए । उनले लमजुङको विकासमा सबै एकजुट हुन आवश्यक रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले लमजुङ जलविद्युत् पर्यटन क्षेत्रको हिसावले परेको धारणा राखे । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले पछिल्लो समयमा जिल्लामा सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न महोत्सव आयोजना गरिएको बताए । स्थानीय उत्पादन, जडीबुटी तथा परम्परागत सीप र प्रविधिको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवमा दुई सय एक वटा प्रदर्शनीकक्ष राखिएको छ । महोत्सव दुई लाखले अवलोकन गर्ने र करिब रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सुरुअघि लमजुङका विभिन्न जातजातिहरुको झाँकीसहितको र्‍याली निकालिएको थियो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?