मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनसरीको दुई स्थानमा निषेधाज्ञा

सुनसरी – सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।

सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ ।

अत्यावश्यक काम परे सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने भेला, धार्मिक, राजनैतिक सभा, र्‍याली, भेला जम्मा प्रदर्शन लगायतको कुनै कार्यक्रमहरू नगर्न र नगराउन समेत सूचनामार्फत जनकारी गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?